Logo

मुख्य समाचार

रवि लामिछाने : ‘सरकार बनाउने दौडमा छैन’



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू सरकार बनाउने दौडमा नरहेको स्पष्ट पारेका छन् ।

बुधबार सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै उनले आफूले कसैसँग पनि सरकार गठनका विषयमा बैठक नगरेको उल्लेख गरेका छन् । “म सरकार बनाउने दौडमा छैन, कसैसँग बैठक गरेको पनि छैन,” उनले भनेका छन् ।

लामिछानेले आफूमात्र नभई आफ्नै नेतृत्वमा रहेको रास्वपा पनि सरकार बनाउने प्रयत्नमा नरहेको दोहोर्‍याएका छन् । उनले कारागारले सुरक्षा दिन नसकेको भन्दै पत्र दिएपछि बाहिरिएको बताए ।

उनले आज सुरक्षा निकायका प्रमुख तथा न्यायिक निकायसँगको भेटमा कानुन र विधिको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ७ : २९ बजे