काठमाडौं । राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि आह्वान गरेपछि तीन हजारभन्दा बढी ‘जेनजी’ पुस्ताका युवा भर्चुअल छलफलमा जुटेका छन् । डिस्कर्डमार्फत भइरहेको छलफलमा सहभागी युवाहरूले औपचारिक वार्तामा को–को प्रतिनिधि हुने र कुन विषयलाई प्राथमिकतामा राख्ने भन्नेबारे बहस गरेका छन् ।
छलफलमा संसद् विघटन गर्नुपर्ने, आगामी ६ महिना वा बढीमा एक वर्षभित्र आमनिर्वाचन गरिनुपर्ने प्रस्ताव प्रमुख एजेन्डाका रूपमा प्रस्तुत गरिएको सहभागी युवाले जानकारी दिए । साथै, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था, प्रधानमन्त्रीको कार्यकाल चारदेखि पाँच वर्षमा सीमित गर्ने र एक व्यक्तिले बढीमा दुई कार्यकाल मात्र प्रधानमन्त्री बन्न पाउनेजस्ता सुझावहरू समेत अघि सारिएका छन् ।
युवाबीचको भर्चुअल छलफललाई औपचारिक वार्तामा परिणत गर्ने तयारी भइरहेको जनाइएको छ ।
प्रतिक्रिया