Logo

मुख्य समाचार

भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार पक्राउ, नगद र हतियार वरामद



काठमाडौं । महाराजगञ्‍जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेका छन् ।

देशभर नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्‍चात आज विहान १० बजेबाट दिउसोको १ बजेसम्म महाराजगञ्‍जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेको नेपाली सेनाले जनाएको छ ।

त्यसैगरी डिल्लीबजार–नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्‍चात छाडेर भागेको नेपाली दुई लाख ३२ हजार पाँच सय र २५०० यूएस डलर बरामद गरिएको छ ।

सुरक्षाकर्मीबाट लुटिएका थप हतियार एक नालसहित ३२ नाल हतियार बरामद भएको छ ।

साथै, डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीवन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिइएको तथा काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई रोकिएको छ ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  ३ : ५२ बजे