Logo

मुख्य समाचार

जेनजी आन्दोलनका कारण एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड स्थगित



काठमाडौं । २२औँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड स्थगित भएको छ । भदौ २८ र २९ गते पोखरामा आयोजना गर्ने तयारी भए पनि देशमा भइरहेको ‘जेनजी’ आन्दोलन र पछिल्लो घटनाक्रमका कारण कार्यक्रम स्थगित गरिएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले बुधबार जारी गरेको विज्ञप्तिमा असामान्य परिस्थितिमा अवार्ड आयोजना गर्न उपयुक्त नदेखिएको उल्लेख गरेको छ । अवार्डमा सहभागी हुने तयारी गरेका खेलाडी, खेलकर्मी र अन्तर्राष्ट्रिय पाहुनालाई पर्न गएको असुविधाप्रति क्षमा माग्दै मञ्चले अवस्था सामान्य भएपछि नयाँ मिति सार्वजनिक गर्ने जनाएको छ ।

यसअघि पहिलोपटक अवार्ड काठमाडौं उपत्यकाबाहिर आयोजना गर्न तय गरिएको थियो ।

प्रकाशित मिति : २५ भाद्र २०८२, बुधबार  १ : ४८ बजे