विराटनगर । मोरङ कारागारबाट कैदीबन्दी भाग्न खोजेपछि प्रहरीले १६ राउन्ड हवाई फायर गरेको छ। नाराबाजी गर्दै गेट तोड्ने प्रयास भएपछि प्रहरी टोलीले हवाई फायर गरेको हो।
कैदीबन्दीका आफन्तसमेत गेटअगाडि जम्मा भएर होहल्ला गरेपछि प्रहरीले उनीहरुलाई समेत हटाएको छ। अहिले कारागार परिसरमा सुरक्षा तैनाथी बढाइएको र स्थिति नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया