बाँके । बाँकेको नौवस्तास्थित बाल सुधारगृहमा मंगलबार भएको झडपमा पाँचजनाको मृत्यु भएको छ । घटनामा सातजना घाइते भएका छन् ।
नौवस्ता कारागारका प्रमुख जालन्धर भुसालका अनुसार बालबिज्याइँकर्ताहरू गेट फोरेर बाहिर निस्कन खोज्दा झडप भएको हो । कारागारमा रहेका ५८५ मध्ये १४९ र बालसुधार गृहका ७६ जना फरार भएको उनले जानकारी दिए ।
बालबिज्याइँकर्ता र थुनुवालाई एउटै स्थानमा राखेकै कारण समस्या सिर्जना भएको भुसालले बताए ।
घाइतेलाई नेपालगन्जस्थित भेरी अस्पताल लगिएकोमा उपचारकै क्रममा पाँचजनाको मृत्यु भएको हो । अन्य घाइतेहरूको जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया