काठमाडौं । बुद्ध एयरले देशभरको अस्वभाविक एवं गम्भीर परिस्थिति तथा सुरक्षासम्बन्धी कारण देखाउँदै आज(मंगलबार)लागि तय भएका सम्पूर्ण उडान स्थगन र रद्द गरेको छ ।
बुद्ध एयरले सोमबार एक सूचना जारी गर्दै यात्रुहरूलाई हुने असुविधाप्रति क्षमा मागेको छ । एयरलाइन्सले ‘आजका सम्पूर्ण उडान स्थगन एवं रद्द गरिएको छ’भन्दै यात्रुहरूलाई आवश्यक सहयोग र जानकारीका लागि सम्पर्क गर्न आग्रह गरेको छ ।
सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै अन्य विमान कम्पनीहरूले पनि आवागमन प्रभावित हुनसक्ने भन्दै यात्रुहरूलाई सतर्क रहन आग्रह गरिएको छ ।
प्रतिक्रिया