Logo

मुख्य समाचार

 काठमाडौं डिल्लीबजार क्षेत्रमा टायर बालेर प्रदर्शन



काठमाडौं । जेनजी पुस्ताका प्रदर्शनकारीहरुले काठमाडौंस्थित डिल्लीबजारमा टायर बालेर प्रदर्शन जारी राखेका छन् ।

मंगलबार जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा अवज्ञा गर्दै डिल्लीबजारमा टायर बाली प्रदर्शन गरेका हुन् ।

सोमबार भएको प्रदर्शनमा १९ जनाको मृत्यु भएपश्चात युवाहरु झन आक्रोशित भएका छन् ।

देशभर प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरु राजनीतिक दलका नेताहरूको निजी निवास र सरकारी कार्यालयहरूलाई लक्षित गरी ढुंगामुढा एवं आगजनीहरू समेत गरिरहेका छन ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  २ : १२ बजे