Logo

समाचार

राष्ट्रपति पौडेल निवासमा आगजनी



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

मंगलबार काठमाडौंको बोहोराटार स्थित पौडेलको निजी निवासमा आगजनी भएको हो ।

हिजो सोमबार जेनजीको आन्दोलनमा सरकारको तर्फबाट दमन भएपछि आज युवाहरु झन् आक्रोसित भएका हुन् ।

जेनजी युवाहरु भ्रष्टाचारी सरकार हटाएर नयाँ सरकारको माग गर्दै प्रदर्शन गरिरहेका छन् ।  

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलबार  १२ : ४३ बजे