काठमाडौं । जेनजी पुस्ताका आन्दोलनकारीहरुले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन्
शेर बहादुर देउवा, रमेश लेखक र आरजु राणाको घरमा आगजनी, गरेसँगै एमाले केन्द्रीय कार्यालयमा तोडफोड गरेका हुन् ।
सअघि पार्टी कार्यालय अघि टायर बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारी पार्टी कार्यालमा प्रवेश गरेका हुन् ।
सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज देशव्यापी प्रदर्शन भइरहेको छ ।
देशभर अहिले प्रदर्शन चर्किरहेको छ । विभिन्न जिल्लामा पार्टीका कार्यलयहरु तोडफोड भएका छन् ।
प्रतिक्रिया