काठमाडौं । जेनजी पुस्ताको आन्दोलन चर्किरहेका बेला रगतको अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटीले विशेष सजकता अपनाएको जनाएको छ ।
सोसाइटीले रगतको अभाव नभएको जनाएको छ । सोसाइटीको मानवीय मुल्य तथा संचार विभाग निर्देशक विपुल न्यौपानेले रगतको अभाव भएको भन्ने समाचार गलत भएको जनाए ।
सोमबार भएको आन्दोलनका क्रममा धेरै घाइते भएपनि रगतको अभाव हुन नदिएको उनले जानकारी दिए ।
‘अहिलेको अवस्थालाई धान्न सक्ने रगत हामीसँग उपलब्ध छ । कतिपयले स्वस्फूर्त रुपमा रगत दिइरहेका छन् । रक्तसन्चार केन्द्र भृकुटीमण्डपलगायत अन्य स्थानमा पनि इमरजेन्सी रक्तदानको कार्यक्रमहरु चलाइरहेका छौं,’ उनले भने ।
प्रतिक्रिया