Logo

मुख्य समाचार

सिंहदरबारभित्र सामाजिक सञ्जाल सञ्चालन, कर्मचारीहरू आश्चर्यचकित



काठमाडौं । सरकारले २५ वटा सामाजिक सञ्जाल निष्क्रिय बनाए पनि सिंहदरबारभित्र भने फेसबुक, एक्स (ट्विटर), ह्वाट्सएपलगायत प्लेटफर्म चलिरहेका छन् । मन्त्रालयले जडान गरेको इन्टरनेटमा सामाजिक सञ्जाल सक्रिय देखिएपछि कर्मचारीहरू आश्चर्यचकित बनेका छन्।

अर्थ मन्त्रालयका एक कर्मचारीले भने, “घरमा नचल्ने सामाजिक सञ्जाल अफिसमा कसरी चल्छ ?” भन्दै प्रश्न गरेका छन्।

सरकारले सूचीकरणमा नआएका सामाजिक सञ्जाललाई भदौ १९ गतेदेखि निष्क्रिय पारेको हो। सूचनाप्रविधि मन्त्रालयका अनुसार ‘हाम्रो पात्रो’ र ‘ग्लोबल डाइरी’ सूचीकरण भएपछि सक्रिय गरिएको छ। एक्स र विच्याटले भने आवश्यक जानकारी मागेका छन्।

निर्देशिका, २०८० अनुसार नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालले सम्पर्क व्यक्ति, गुनासो सुन्ने अधिकारी र स्वनियमन अधिकारी तोकी सूचीकरण गर्नुपर्नेछ।

सूचीकरण नभएकामध्ये फेसबुक (मेटा), म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएप, एक्स, लिंक्डइन, स्न्यापच्याट, रेडिट, डिस्कर्ड, पिन्ट्रेस्ट, सिग्नल, थ्रेड्स, विच्याट, कोरा, टम्बलर, क्लब हाउस, मास्टोडन, रम्बल, मिवी, भीके, लाइन, इमो, जालो र सोल नेपालभर निष्क्रिय गरिएका छन्।

प्रकाशित मिति : २२ भाद्र २०८२, आइतबार  ६ : ०४ बजे