Logo

मुख्य समाचार

नुवाकोटमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु, तीन घाइते



नुवाकोट — विद्यालयबाट घर फर्कने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ । अपराह्न करिब ४ बजे चिलाउने खोलाले बगाउँदा नुवाकोटका रामबहादुर तामाङकी चार वर्षीया छोरी शशिकला तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिएका छन् । घटनामा तीन जना घाइते भएका छन् ।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  ८ : ०७ बजे