काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले एमाले नेता ऐन महरविरुद्ध साइबर अपराधसम्बन्धी मुद्दा दर्ता गरेको छ। कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार महरविरुद्ध मुद्दा दायर गरेको हो।
महरमाथि एक महिलामाथि सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोप छ। अदालतमा हाजिर भएपछि उनलाई थुनामा पठाउने, धरौटीमा छोड्ने वा हाजिर जमानीमा राख्ने भन्ने विषयमा थुनछेक आदेश हुने सरकारी वकिल कार्यालयले जनाएको छ।
यसअघि भदौ ११ गते महरलाई सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको थियो।
प्रतिक्रिया