Logo

अर्थ

विश्वव्यापी विस्तारका लागि एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफीमा लगानी गर्ने



काठमाडौं । एनआईएमबी एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआईबिएल इक्विटी पार्टनर्सले हिमालयन जाभा कफी प्रा. लिमा लगानीको गर्ने भएको छ ।

बिहीबार हिमालयन जाभा र एनआईबिएल इक्विटी पार्टनर्स हस्ताक्षर समारोह गरी एनआईबीएल इक्विटी पार्टनर्सले लगानीको घोषणा गरेको हो ।

१९९९ मा स्थापित हिमालयन जाभा नेपालको पहिलो विशेष कफी ब्रान्ड भएकोले यसलाई विश्वव्यापी विस्तार गर्न एनआईबिएल इक्विटी पार्टनर्सले सहयोग अपेक्षा गरिएको हिमालयन जाभाका संस्थापक आनन्द गुरुङले बताए ।

उनले भने, ‘स्थापना भएदेखि नै, हामी हिमालयन जाभामा नेपालको बृहत् उद्यमशीलता पारिस्थितिक प्रणालीलाई समर्थन गर्ने कुरामा विश्वास गर्दै आएका छौं। आज, हामी विश्वव्यापी रूपमा विस्तार गर्ने, नेपाली कफी निर्यात गर्ने र विश्व मञ्चमा देशको सम्भावना प्रदर्शन गर्ने हाम्रो लक्ष्यहरू साकार पार्ने रणनीतिक साझेदार एनआईबिएल  इक्विटी पार्टनर्ससँग नयाँ अध्यायमा प्रवेश गरेका छौ ।

एनआईबिएल  इक्विटी पार्टनर्स देशको सबैभन्दा ठूलो र सबैभन्दा सक्रिय बैंकिङ र पूँजी बजार संस्थाहरू र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी NIMB एस क्यापिटलको निजी इक्विटी पहल हो।

प्रकाशित मिति : १२ भाद्र २०८२, बिहिबार  ८ : २३ बजे