काठमाडौं । रुबीकुमारी साह सुडीको हत्या आरोपित लक्ष्मण पासवानको मृत्यु भएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिल बोहराका अनुसार पासवानको बुधबार अपराह्न ५:५५ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीले उनलाई आज बिहान जलेको अवस्थामा पक्राउ गरेको थियो। अवस्था गम्भीर देखिएपछि उनलाई तत्कालै काठमाडौं ल्याइएको थियो।
११ भाद्र २०८२, बुधबार
230
Shares
प्रतिक्रिया