Logo

मुख्य समाचार

तिजको अवसरमा प्रथम महिला सबिता पौडेलद्वारा पशुपतिमा पूजा



काठमाडौ । प्रथम महिला सबिता पौडेलले हरितालिका तिजको अवसरमा पशुपतिनाथको दर्शन एवम् पूजा अर्चना गरेकी छन् ।

प्रथम महिला पौडेलले मङ्गलबार पशुपतिनाथको मन्दिरमा विधिपूर्वक पूजा गरेर मन्दिरका पूजारीबाट टीका ग्रहण गरेकी हुन् ।

नेपाली महिलाहरुको महान चाड तीजका अवसरमा पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा बिहानैदेखि वर्तालु महिला भक्तजनहरुको भीड लागेको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ७ : ५० बजे