Logo

समाचार

महादेव मन्दिरमा नाचगान र टिकटक बनाउनेको भीड



काठमाडौं । हरितालिका तीजको अवसरमा आज(मंगलबार) भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा दर्शन गर्नेहरुको भीड लागेको छ ।

मंगलबार बिहानैदेखि डोलेश्वर महादेव मन्दिरमा भक्तजनहरु तीजको व्रत बस्दै नाचगान र टिकटक बनाउन व्यस्त भएका छन् । 

भक्तपुरको सिपाडोलमा रहेको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज चारै ढोका खुला गरिएको छ । भक्तजनलाई शिला छोएर पूजा गर्न पाइने व्यवस्था पनि गरिएको छ ।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ५ : १४ बजे