काठमाडौं । मंगलबार गोरखापत्र दैनिकमा तीजबारे छापिएको एक समाचारका कारण सनातन धर्ममाथि प्रहार भएको भन्दै पत्रिका जलाउन खोज्ने एक युवा पक्राउ परेका छन् ।
‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शिर्षकमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि पत्रिका जलाउन खोज्दा आफूलाई राजावादी बताउने सन्तोष राजावादीलाई प्रहरीले पक्राउ गरेको हो ।
मंगलबार माइतीघर मण्डलामा उनले गोरखापत्रले तीजबारे लेखेको समाचारले सनातन धर्ममाथि प्रहार गरेको र यस्तो समाचारले नकारात्मक सन्देश दिएको गोरखापत्र जलाउन खोजेका थिए ।
उक्त समाचारमा निराहार वर्तले महिलाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने विषयवस्तुलाई जोड दिएको थियो ।
सोही क्रममा सन्तोष राजावादीले धर्म, संस्कृती जोगाउन पाउनु आफ्नो अधिकारको कुरा भएको भन्दै धर्ममाथि आँच आउने कुराको विरोध गरेको बताए ।
प्रतिक्रिया