Logo

समाचार

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडानबारे कार्ययोजना छलफल



काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने कार्ययोजना बनाउन मंगलबार अर्थ मन्त्रालयमा छलफल भएको छ।

छलफलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भार व्यवस्थापन र गौतमबुद्ध तथा पोखरा विमानस्थलमा दिगो उडानका लागि थप उपाय पहिचान गर्ने विषयमा समेत विचारविमर्श गरिएको थियो।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, विभिन्न सचिवहरू र नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सहभागी थिए।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ३ : ५७ बजे