Logo

राजनीति

राज्यव्यवस्था समिति सभापतिमा न्यौपानेको उम्मेदवारी



काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत राज्यव्यवस्था तथा सुशासन समितिको सभापति पदमा नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले मंगलबार उम्मेदवारी दर्ता गरेकी छन्।

न्यौपानेले यसअघि संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति पदबाट राजीनामा दिएकी थिइन्। राजीनामा दिएलगत्तै उनले राज्यव्यवस्था समितिको सभापतिका लागि उम्मेदवारी पेश गरेकी हुन्।

प्रकाशित मिति : १० भाद्र २०८२, मंगलबार  ३ : ५० बजे