काठमाडौं । भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज(सोमबार)स्वदेश फर्किँदै छिन् ।
नेपालको तीन दिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौं आएकी उपराष्ट्रपति भो थि आन सुआन सोमबार (आज) ११ बजे राति स्वदेश फर्किँदै छिन् । उनलाई पर्यटनमन्त्री बन्द्रीप्रसाद पाण्डेले विदाइ गर्ने कार्यक्रम छ ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी हुन् । भ्रमणका क्रममा उनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायत प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय भेटवार्ता समेत गरेकी छन् ।
यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको थियो ।
प्रतिक्रिया