काठमाडौं । रुसले आइतबार आफ्नो सेनाले युक्रेनी क्षेप्यास्त्र डिपोहरूमा आक्रमण गरेको दाबी गरेको छ ।
रुसी रक्षा मन्त्रालयको रिपोर्ट अनुसार, रुसी सेनाले पछिल्लो २४ घण्टा भित्र निप्रोपेट्रोभस्क क्षेत्रमा रहेको बस्ती नियन्त्रणमा लिएको छ र युक्रेनी क्षेप्यास्त्र डिपो, ड्रोन उत्पादन र भण्डारण सुविधाहरू, अस्थायी तैनाती बिन्दुहरू र अन्य स्थानहरूमा आक्रमण गर्दै धेरै दिशाहरूमा आक्रमणहरू जारी राखेको छ ।
रुसी वायु रक्षा प्रणालीले तीन बहु–प्रक्षेपण रकेट प्रणाली राउन्डहरू र १७२ ड्रोनहरू खसालेको छ ।
यसैबिच युक्रेनले रुसी रिफाइनरी र बन्दरगाह विरुद्ध आक्रामक कारबाहीको रिपोर्ट गरेको छ । युक्रेनी सशस्त्र बलका जनरल स्टाफले आइतबार दिउँसोसम्म फ्रन्टलाइनमा ८५ झडपहरू भएको रिपोर्ट गरेको छ, जसमध्ये ३१ पोकरोभस्कमा भएका छन् ।
आइतबार बिहानको एक समन्वित अपरेशनमा, युक्रेनी सेनाले युक्रेनी रक्षा मन्त्रालय अन्तर्गतको मुख्य गुप्तचर निर्देशनालयसँग मिलेर रुसको समारा क्षेत्रमा रहेको तेल रिफाइनरीमाथि आक्रमण गरेको छ । हमलाबाट भएको क्षतिको हद हाल मूल्याङ्कन भइरहेको छ ।
आइतबार पनि, उत्तरपश्चिमी रूसको लेनिनग्राद क्षेत्रका गभर्नरले ड्रोन आक्रमणपछि उस्ट–लुगा बन्दरगाहमा आगलागी भएको पुष्टि गरे । आइतबार बिहान बन्दरगाहमाथि दशवटा ड्रोनहरू नष्ट गरिएका थिए र खसालिएका ड्रोनहरूको भग्नावशेषले एउटा डकमा आगो लागेको थियो । यद्यपी, हाल आगो निभाइसकिएको र प्रारम्भिक रिपोर्टहरूले गभर्नरका अनुसार कुनै हताहत नभएको संकेत गरेको छ ।
युक्रेनी सेनाले आइतबार पुष्टि ग¥यो कि यसको सेनाले उस्ट–लुगा बन्दरगाहमा रहेको सुविधालाई लक्षित गरेको थियो, जुन बाल्टिक सागर क्षेत्रको सबैभन्दा ठूलो बन्दरगाह र रूसको दोस्रो ठूलो बन्दरगाह हो ।
सीसीटीभी
प्रतिक्रिया