काठमाडौं । राजधानीको भृकुटीमण्डपमा आयोजित १७औँ संस्करणको नाडा अटो शो, २०२५ सकिएको छ । भदौ ३ देखि सुरु भएको प्रदर्शनी शुक्रबार (भदौ ८) सम्पन्न भएको हो ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीका अनुसार यस वर्षको अटो शोमा १ लाख ६० हजारभन्दा बढीले अवलोकन गरेका छन् । उनले शोलाई ऐतिहासिक सफलताका रूपमा लिएको बताएका छन् ।
समापन कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सडक दुर्घटनामा हुने मानवीय क्षति न्यूनीकरण गर्न सडक सुरक्षासम्बन्धी नीतिगत विषयलाई मन्त्रिपरिषद्मा उठाउने प्रतिबद्धता जनाए । सरकारी तथ्यांकअनुसार नेपालमा दैनिक सात जनाको मृत्यु हुने गरेको जानकारी उनले दिए ।
छ दिनसम्म चलेको प्रदर्शनीमा अटोमोबाइल नवप्रवर्तन, भविष्य–उन्मुख मोबिलिटी समाधान र सडक सुरक्षासम्बन्धी अन्तरक्रिया तथा प्यानल कार्यक्रमहरू सञ्चालन गरिएको नाडाले जनाएको छ ।
प्रतिक्रिया