काठमाडौं । वैदेशिक रोजगारीमा जाने व्यक्तिले अब लघुवित्त संस्थाबाट ऋण पाउन सक्ने भएका छन्। नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८१ संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।
नयाँ प्रावधानअनुसार पुरुषको हकमा अधिकतम तीन लाख रुपैयाँ र महिलाको हकमा अधिकतम पाँच लाख रुपैयाँसम्म ऋण उपलब्ध गराइनेछ। यसका लागि धितो राखी वा नधरी दुवै आधारमा ऋण प्रवाह गर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले भनेको छ, “लघुवित्त संस्थाले आफ्नै आन्तरिक विनियमावली तयार गरी वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई ऋण प्रवाह गर्न सक्नेछन्।”
प्रतिक्रिया