Logo

मुख्य समाचार

साउनमा ३ अर्ब ४१ करोडको स्मार्टफोन आयात



काठमाडौं । चालु आर्थिक वर्ष ०८२/८३ को साउन महिनामा नेपालले तीन अर्ब ४१ करोड ९२ लाख रुपैयाँ बराबरका स्मार्टफोन आयात गरेको छ। भन्सार विभागका अनुसार उक्त अवधिमा एक लाख ९८ हजार ३३३ वटा स्मार्टफोन नेपाल भित्रिएका छन्।

स्मार्टफोन आयातबाट ६३ करोड ७९ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ।

गत वर्षको साउनमा तीन अर्ब ४६ करोड ६३ लाख ५८ हजार रुपैयाँका दुई लाख २५ हजार १६३ वटा स्मार्टफोन आयात भएका थिए। सोही अवधिमा ६४ करोड ६२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो।

यस आधारमा यस वर्षको साउनमा स्मार्टफोन आयात र राजस्व दुवै घटेको विभागको तथ्यांकले देखाएको छ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : २६ बजे