काठमाडौं । काठमाडौं विश्वविद्यालयअन्तर्गतको कलासंकाय विभागले नेपाली साहित्यका कवि तथा गजलकार मोतीराम भट्टको १६०औँ जन्मजयन्ती मनाएको छ।
समारोहमा प्रा.डा. नवराज कट्टेलले भट्टको साहित्यिक योगदानको चर्चा गर्दै उनका कृतिहरू आजका युवाका लागि प्रेरणादायी हुने बताए। प्रा.डा. देवी नेपालले भट्टलाई कवि, गजलकार, समालोचक, अनुसन्धानकर्ता, नाट्य निर्देशक र वाद्यवादकका रूपमा प्रस्तुत गर्दै उनको बहुआयामिक व्यक्तित्वबारे जानकारी दिए।
उक्त अवसरमा कवि प्रभा भट्टराई, डा. काशीराज पाण्डे, सविता बराल, सदासय गौतम, देवु लुइँटेल, उत्तमविचार भेटवाल, कल्पना काफ्ले, विमर्श दाहाल, प्रा.डा. रामचन्द्र पौडेल, सचिदानन्द घिमिरे, असीम सागर, रसिकराज र संगीता थापाले कविता तथा गजल वाचन गरेका थिए।
प्रतिक्रिया