Logo

राजनीति

सदस्यता विवादमा पूर्वराष्ट्रपति भण्डारीको आपत्ति



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीभित्रै आफ्नो संगठित सदस्यतामै प्रश्न उठाइएको भन्दै असन्तुष्टि प्रकट गरेकी छन्। नेकपा (एमाले) केन्द्रीय कार्यालय च्यासलले सदस्यता सम्बन्धी प्रश्न उठाएको भन्दै उनले आपत्ति जनाइन्।बिहीबार काठमाडौंमा आयोजित दिवंगत नेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा गठित समितिको सम्पर्क कार्यालय उद्घाटन समारोहमा उनले पार्टीकै निर्णयअनुसार राष्ट्रपतिमा पुगेको बताइन्। “पार्टीले पठाएर राष्ट्रपति बन्न गएको हुँ। राष्ट्रको गौरव बढ्ने गरी काम गरेको छु,” भण्डारीले भनिन्।आलोचनाप्रति खुलेकी उनले तथ्यका आधारमा मात्र आलोचना हुनुपर्नेमा जोड दिइन्। “म आलोचनाभन्दा बाहिर छैन, तर हरेक कुरा तथ्यको आधारमा गर्नुपर्छ,” उनले स्पष्ट पारिन्।एमाले पूर्वउपाध्यक्षसमेत रहेकी भण्डारीले सिद्धान्तलाई नै मार्गदर्शक बनाइरहेको बताउँदै भनिन्, “पार्टीले जिम्मेवारी देओस् वा नदेओस्, मैले धारण गरेको सिद्धान्तअनुसार काम गर्ने छु।”

प्रकाशित मिति : ५ भाद्र २०८२, बिहिबार  ५ : ३४ बजे