मुम्बई । ऋतिक रोशन र जुनियर एनटीआर अभिनीत यशराज फिल्म्सको आगामी फिल्म ‘वार २’ ले रिलिज हुन चार दिन बाँकी रहँदै टिकटिङ प्लेटफर्म बुक माई शो मा नयाँ रेकर्ड कायम गरेको छ।
फिल्म हेर्न हालसम्म ८ लाख ३९ हजार दर्शकले चासो देखाइसकेका छन्। पछिल्ला २४ घण्टामा मात्र ७ हजार ३३ टिकट बिक्री भएको छ। यससँगै फिल्मले शाहरुख खानको ‘जवान’ (७ लाख ३० हजार चासो) र ‘पठान’ (७ लाख २२ हजार चासो) को रेकर्ड तोडेको छ।
यो कीर्तिमानसँगै ‘वार २’ ले सलमान खानको ‘टाइगर ३’ (५ लाख १७ हजार), रणवीर कपूरको ‘ब्रह्मास्त्र’ (४ लाख ३० हजार) र ‘एनिमल’ (४ लाख १० हजार) को प्रि–सेल्स चासोलाई पनि पछि पारेको छ।
करिब ४ सय करोड रुपैयाँ बजेटमा निर्माण गरिएको यो फिल्म यशराजको स्पाई युनिभर्स अन्तर्गतको सबैभन्दा महँगो प्रोजेक्ट हो। फिल्मको प्रदर्शन १४ अगस्टका लागि तय गरिएको छ।
पहिलो दिनको कमाइमा फिल्मले कस्तो रेकर्ड बनाउँछ भन्नेमा अहिले उद्योगमा उच्च चासो रहेको छ। यसले प्रत्यक्ष प्रतिस्पर्धा रजनीकान्तको आगामी फिल्म **‘कुली’**सँग गर्नेछ।
प्रतिक्रिया