Logo

विश्व

रूसलाई भूमि दिने प्रस्ताव अस्वीकार, युद्धबिराम केवल न्यायपूर्ण सम्झौतामार्फतः जेलेन्स्की



किभ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रूसलाई कुनै पनि हालतमा युक्रेनको भूमि नदिने अडान दोहोर्याएका छन्। उनले युद्ध केवल न्यायपूर्ण र निष्पक्ष सम्झौतामार्फत अन्त्य हुनुपर्ने बताएका छन्।

एक्समा (X) भिडियो सन्देश मार्फत जेलेन्स्कीले भने, “हामी विभाजनको दोस्रो प्रयासलाई विफल पार्नेछौं। जहाँ दोस्रो विभाजन हुन्छ, त्यहाँ तेस्रो पनि हुन्छ। युद्ध शान्ति र बलियो सुरक्षा ढाँचासहित समाप्त हुनुपर्छ।”

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अगस्ट १५ मा अलास्कामा भेट्ने तयारीमा छन्। बैठकमा युक्रेन युद्ध अन्त्यका उपायबारे छलफल हुने छ। ट्रम्पले यसअघि केही क्षेत्र साटासाटको प्रस्ताव राखेका थिए, जसलाई जेलेन्स्कीले अस्वीकार गरेका छन्।

ट्रम्पले पुटिन र जेलेन्स्की दुवैलाई समावेश गरी त्रिपक्षीय वार्ता गर्ने इच्छा व्यक्त गरेका छन्। अमेरिका र रुसका राष्ट्रपतिबीचको अन्तिम भेट २०२१ जुनमा जेनेभामा तत्कालीन राष्ट्रपति जो बाइडेन र पुटिनबीच भएको थियो।

प्रकाशित मिति : २५ श्रावण २०८२, आइतबार  ५ : ३३ बजे