काठमाडौं । अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न सूचना दिने व्यक्तिलाई दिइने इनाम रकम पाँच करोड डलर पुर्याएको छ। अमेरिकी प्रशासनले मदुरोलाई विश्वका ठूला लागुपदार्थ तस्करमध्ये एक भएको आरोप लगाउँदै पहिलेको २.५ करोड डलरको इनाम रकम दोब्बर गरेको हो।
अमेरिकी महान्याधिवक्ता पाम बन्डीले मदुरो प्रत्यक्षरूपमा लागुपदार्थ तस्करीमा संलग्न भएको भन्दै यो कदम चालिएको जानकारी दिएका छन्। अमेरिकाले लामो समयदेखि मदुरोको आलोचना गर्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको यो निर्णय राजनीतिक दबाबसँग जोडिएको मानिन्छ।
मदुरोले जनवरी २०२४ मा विवादास्पद चुनावपछि पुनः सत्ता सम्हालेका थिए, जुन अन्तर्राष्ट्रिय समुदायले व्यापक रूपमा अस्वीकार गरेको थियो। भेनेजुएलाका विदेशमन्त्री इभान गिलले अमेरिकी प्रशासनको नयाँ इनामलाई निरर्थक र राजनीतिक दुष्प्रचार भएको प्रतिक्रिया दिएका छन्।
यो घटनाले भेनेजुएला र अमेरिकाबीचको द्विपक्षीय तनावलाई अझ बढाउने अपेक्षा गरिएको छ।










प्रतिक्रिया