Logo

समाचार

कालीकोटमा फोर्स गाडी दुर्घटना, पाँच घाइते


२३ श्रावण २०८२, शुक्रबार  

0
Shares

कालीकोटकर्णाली राजमार्गअन्तर्गत खाँडाचक्र नगरपालिका–१० गोलुवामा शुक्रबार बिहान जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक गाविन्दप्रसाद चौधरीका अनुसार कर्णाली प्रदेश ०९–७६ नम्बरको गाडी अनियन्त्रित भई करिब १०० मिटर तल खसेको हो। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको र उनीहरूको कालीकोट जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २३ श्रावण २०८२, शुक्रबार  ११ : ५८ बजे