काठमाडौं — उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले सोमबार प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ अनुसार धरौटीमा रिहा गर्न सकिने ठहर गर्दै आदेश जारी गरेको हो।
अदालती आदेशमा प्रसाईं क्यान्सर रोगबाट पीडित रहेको प्रमाण पेश गरिएको उल्लेख गरिएको छ। आदेशमा भनिएको छ, “निज क्यान्सर रोगबाट पीडित रहेको भन्ने निजले पेस गरेको प्रमाणबाट देखिन आएबाट समेत, पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी, दुर्गाप्रसाद प्रसाईंबाट रु. २५ लाख नगद धरौटी वा बैंक जमानत लिएर मुद्दाको पूर्पक्षका लागि तारेखमा राख्नुहोला।”
प्रसाईंमाथि सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिहरूलाई गालीगलौज र धम्की दिएको अभियोगमा मुद्दा दायर गरिएको छ।
प्रतिक्रिया