रौतहट । रौतहट प्रहरीले श्रीमतीको हत्यामा संग्लन श्रीमानलाई पक्राउ गरेको छ ।
ईशनाथ नगरपालिका वडा नम्बर ७ घिउरा टोल निवासी फैयाद मियाँलाई प्रहरीले पक्राउ गरेको हो । गहुँ खेतमा लगेर श्रीमती चाँदनी खातुनको घाँटीमा सलले बेरेर र मुख थिचेर हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस नोटमा ईशनाथ नगरपालिका–४ मठिया टोलस्थित भगाई साह बनियाको गहुँ खेतमा वि.सं.२०७८ साल माघ २६ गते खातुनको शव फेला परेको उल्लेख छ ।
श्रीमतीको हत्या गरी फरार रहेका श्रीमानलाई तीन वर्षपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दीपक कुमार रायले जानकारी दिए ।
उनका अनुसर पक्राउ परेका फैयाद मियाँलाई रौतहट जिल्ला अदालतबाट म्याद थप गराई घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
रौतहट प्रहरीले अदालतको फैसला कार्यान्वयन अन्तर्रगत फरार प्रतिवादीहरुलाई पक्राउ गर्दै आएको छ ।
प्रतिक्रिया