जनकपुर । जनकपुरधाममा जगन्नाथ रथ यात्रा निकालिएको छ । शुक्रबार (आज) जानकी मन्दिरको प्रांङ्गनबाट निकालिएको जगन्नाथ रथ यात्रा जनकपुरधामको विभिन्न मुख्य चोकहरुको परिक्रमा गरी पुनः जानकी मन्दिर परिसरमा पुगेको छ ।
स्कन्द पुराणमा उल्लेख भएअनुसार एकदिन भगवान जगन्नाथ (कृष्णं)सँग बहिनी सुभद्राले नगर अवलोकनका साथै द्वारका दर्शन गराउन आग्रह गरिन् । बहिनीको आग्रहअनुसार कृष्णले दाजु बलदेव (बलराम) लाई पनि साथमा लिएर नगर यात्रामा निस्किए । त्यही यात्राको सम्झनामा जगन्नाथ रथ यात्रा मनाउँदै आएको पाइन्छ ।
जनकपुरधामको जानकी मन्दिरसहित विभिन्न धार्मिक संघ संस्था र जनकपुरवासीको संयुक्त आयोजनामा रथ यात्रा निकालिएको जनकपुरधामका हिन्दू समाजका युवा समराज नेपालीले जानकारी दिए । उनले कोनोरा महामारीको समयदेखि यो यात्रा प्रभावित भएपनि अब पुन यस वर्षदेखि निरन्तर हुने जानकारी दिए ।
रथ यात्रामा हजारों श्रद्र्धालुभक्तजनको उपस्थिती रहेको थियो ।
प्रतिक्रिया