Logo

शिक्षा

एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, आज बोर्ड बैठक बस्दै



काठमाडौं — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ को नतिजा प्रकाशनको प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ। बोर्डका अनुसार नतिजा सार्वजनिक गर्न अन्तिम तयारी भइरहेको छ भने आज नै बोर्ड बैठक बस्ने तयारी गरिएको छ।
बोर्डका एक अधिकारीका अनुसार नतिजा प्रकाशनसम्बन्धी निर्णय गर्न बैठक बस्न लागिएको हो। यद्यपि, बैठक बस्ने समय भने तय भइसकेको छैन।
यस वर्षको एसईई परीक्षा २०८१ चैत ७ गतेदेखि सञ्चालन गरिएको थियो। परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेडवृद्धि तर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए।
बोर्डले हालसम्म नतिजा प्रकाशनको मिति तोकेको छैन। बैठकपछि नतिजा सार्वजनिक गर्ने मिति तय हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १३ असार २०८२, शुक्रबार  ११ : १८ बजे