Logo

राजनीति

नेपाली कांग्रेस सांसद डा. सुनिल शर्माको बजेटप्रतिको आलोचना : “बजेट समन्यायिक हुनु आवश्यक”



काठमाडौँ । संघीय संसदको बजेटमाथिको छलफलमा नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले सरकारको बजेट नीति र वितरणप्रति गम्भीर आपत्ति जनाएका छन्। प्रतिनिधिसभामा बोल्दै डा. शर्माले मुलुकको बजेट समन्यायिक हुनुपर्नेमा जोड दिँदै केही जिल्लामात्र प्राथमिकतामा परिरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।

“हामी बुद्धका अनुयायी हौं भनेर गर्व गर्छौं, तर उहाँका मूल्य, त्याग, समवेदना र विवेक आजको राज्यसत्ताबाट हराउँदै छन्,” शर्माले भने। उनले देशका सबै ७७ जिल्लाका नागरिकलाई समान अधिकार र सेवाको प्रत्याभूति गरिनुपर्ने बताए।

उनका अनुसार, पाँच जिल्लाले मात्र शासन चल्दैन, मुगुदेखि मधेस र कर्णालीदेखि पहाडसम्मका सबै नागरिक विकास, न्याय र सम्मानमा समान हुनुपर्छ। “विभेदले जनताको भरोसा मर्छ,” भन्दै उनले अब विवेक बोल्नुपर्ने बेला आएको बताए।

डा. शर्माले बजेट जनमुखी र समावेशी बनाउनुको आवश्यकतालाई औंल्याउँदै वर्तमान बजेटले सबै क्षेत्र र वर्गलाई न्याय दिन नसक्ने तर्क गरे।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  ८ : ५० बजे