Logo

मुख्य समाचार

स्थायी सरकार बिना सुशासन असम्भव : सभापति खतिवडा



काठमाडौं । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले स्थायी सरकार स्थापना नगरेसम्म देशमा सुशासन कायम हुन नसक्ने बताएका छन्।

बुधबार अल्टरनेटिभ फाउन्डेसनले आयोजना गरेको ‘सुशासनको राष्ट्रिय सूचक निर्माणका लागि राष्ट्रिय परामर्श गोष्ठी’मा बोल्दै खतिवडाले वर्तमान शासन प्रणाली पारदर्शी, भरपर्दो र सक्षम बनाउन सकिएमा मात्रै सुशासन सम्भव हुने धारणा राखे।

“स्थायी सरकार नबन्नु अहिलेको प्रमुख समस्या हो,” उनले भने, “शासन राम्रो हुनु नै सुशासन हो, त्यसका लागि स्थायित्व अनिवार्य छ।”कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नानु बाँस्तोलाले सुशासनको जिम्मेवारी केवल राजनीतिक दलहरूको मात्र नभइ आम नागरिकले पनि जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइन्।

प्रकाशित मिति : ४ असार २०८२, बुधबार  ८ : ०८ बजे