काठमाडौं । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक सोमबार बस्दैछ ।
राज्य व्यवस्था समितिको बैठक बिहान साढे ८ बजे कानून, न्याय तथा मानव अधिकार समितिको सभाकक्ष, सिंहदरबारमा बस्नेछ । बैठकमा ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, सम्बन्धमा गैरआवासीय नेपाली संघ र ब्रिटिस गोर्खा सैनिकसँग छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रतिक्रिया