Logo

मुख्य समाचार

टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा चलाइने



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीलगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाउने निर्णय गरेको छ ।

आइतबार अख्तियार सूचना जारी गर्दै नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडी, तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, सफ्टवेयर कम्पनीसमेत १८ जना उपर भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी दिएको हो ।

नेपाल टेलिकमको बिलिङ सिस्टम अप्रेडको ठेक्कामा ३३ करोड ४८ लाख १७ हजार ४३० रूपैयाँ हिनामिना गरेको अभियोगमा उनीहरुमाथि अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आइतबार उनीहरुविरुद्ध मुद्दा पेस गर्न विशेष अदालतमा अख्तियारले फाइल लगिसकेको छ। अख्तियारले उनीहरुविरुद्ध ३३ करोड बिगो दाबी गरेको छ  ।

यस प्रकरणमा पूर्वमुख्यसचिव डा वैकुण्ठ अर्याल, दुई सहसचिवसहित करिब ३० जना कर्मचारी, टेलिकम सञ्चालक समितिका पदाधिकारीसँग पनि अख्तियारले बयान लिइसकेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८२, आइतबार  ४ : २६ बजे