बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका–६ स्थित बाम्का बजारमा शुक्रबार दिउँसो ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा १२ भन्दा बढी पसल पूर्ण रूपमा जलेर नष्ट भएका छन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देव चौधरीका अनुसार आगलागी बाम्का बजारमा सञ्चालित एक होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएपछि भएको हो।
प्रहरीका अनुसार आगलागीका कारण लाखौँ रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। हावाहुरीका कारण आगो तीव्र गतिमा फैलिएको र नियन्त्रणमा कठिनाइ भएको प्रहरी निरीक्षक चौधरीले जानकारी दिए।
घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयवासी मिलेर आगो नियन्त्रणको प्रयास गरिरहेका छन्। आगलागीका कारण बजार क्षेत्रमा फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आगलागीको कारण अझै खुलेको छैन।
अधिक जानकारीका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया