काठमाडौं । प्रभु बैंक लिमिटेड र इला होटल्स एण्ड रिसोर्ट्स / मौलाकाली केबलकार लिमिटेडबीच विशेष समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले इला होटल्स र मौलाकाली केबलकारमा विशेष छुटसहितका सेवा सुविधा प्राप्त गर्नेछन्। सम्झौतामा प्रभु बैंकका प्रमुख प्रदेश अधिकृत सांग्रिला श्रेष्ठ र मौलाकाली केबलकार लिमिटेडका महाप्रबन्धक अर्बिन्द्र केसीले हस्ताक्षर गरेका हुन्।
यस सहकार्यअनुसार, बैंकका ग्राहक तथा कर्मचारीहरूले इला होटल्समा उपलब्ध खानपान सेवामा १० प्रतिशत छुट पाउने छन्। यस्तै, केबलकार टिकटमा २० प्रतिशत छुट प्रदान गरिनेछ भने होटलको आवास सेवामा समेत १० प्रतिशत छुटको व्यवस्था गरिएको छ। थप रूपमा, मौलाकाली केबलकारको यात्रा निःशुल्क उपलब्ध गराइनेछ, जसले ग्राहक अनुभवलाई थप आकर्षक र मूल्यवान बनाउने विश्वास गरिएको छ।
प्रभु बैंकले यो सहकार्यलाई आफ्ना सेवाग्राही तथा कर्मचारीहरूलाई उच्चस्तरीय सेवा र विशेष अनुभव उपलब्ध गराउने प्रयासको रूपमा लिएको छ।
हालै “बैंक अफ द इयर २०२३” को उपाधि प्राप्त गरेको प्रभु बैंकले देशभर ३११ शाखा, २८४ एटीएम र ६९ एक्सटेन्सन काउन्टरमार्फत करिब ३५ लाख ग्राहकलाई सेवा दिँदै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ नाराका साथ सञ्चालनमा रहेको बैंकले फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्ड समेत प्राप्त गरेको छ।

 
                                                                   
                    
                








 
                     
                     
                     
                    
प्रतिक्रिया