काठमाडौं । वन तथा वातावरण मन्त्री ऐन बहादुर शाहीले अबको वन व्यवस्थापन नगद आम्दानी, डिजिटल प्रविधि, बजार पहुँच, मूल्य श्रृखला र स्थानिय रोजगारी सिर्जनासँग जोड्नुपर्ने बताएका छन् ।
वन तथा वातावरण मन्त्रालयद्वारा आज आयोजित दोस्रो राष्ट्रिय वन संंवद्र्धन गोष्ठी कार्यक्रममा बोल्दै उनले नेपालको वन व्यवस्थापनको इतिहास महत्वपूर्ण भएकाले स्थानिय रोजगारी सिर्जनासँग जोड्न प्राविधिक दृश्टिकोणको आवश्यक रहेको बताएका हुन् ।
उनले भने, ‘नेपालको वन व्यवस्थापनको इतिहास महत्वपूर्ण छ । अबको वन व्यवस्थापन नगद आम्दानी, नव प्रवद्धन, डिजिटल प्रविधि, बजार पहुँच, मूल्य श्रृखला र स्थानिय रोजगारी सिर्जनासँग जोड्नुपर्दछ । तर यस्तो रुपान्तरण केवल राजनीतिक ईच्छा शक्तिले मात्रै सम्भव हुँदैन । यसलाई प्राविधिक दृश्टिकोणबाट पनि मार्गदर्शन गर्न आवश्यक छ ।’
साथै उनले अबको प्राथमिकता प्रविधिमैत्री, उत्पादनमुखी र रोजगारी सिर्जनामुखी वन व्यवस्थापन हुनुपर्ने बताए । उनले वन क्षेत्रको वर्गिकरण वैज्ञानिक विधिको प्रयोगद्वारा गर्दा उत्पादनशिलता, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न सकिने बताए ।
उनले भने, ‘वन क्षेत्रको वर्गिकरण, विभिन्न कटानी, प्रजातिको सन्तुलन तथा रोटेसन जस्ता वैज्ञानिक विधिको प्रयोगद्वारा उत्पादनशिलता, गुणस्तर र दिगोपन अभिवृद्धि गर्न सकिन्छ । अबको प्राथमिकता प्रविधिमैत्री, उत्पादनमुखी र रोजगारी सिर्जनामुखी वन व्यवस्थापन हुनुपर्दछ ।’
प्रतिक्रिया