काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले निजी क्षेत्रको विकासको लागि ऐन निर्माण गरी काम गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।
शुक्रबार सेती नदी जलविद्युत परियोजना उद्घाटन तथा बाज्रा इनर्जी उद्यम वित्तीय समापन समारोहमा बोल्दै उनले ऐन निर्माण नहुदाँ काम गर्न सक्ने वातारवण नभएको बताएका हुन् ।
उनले भने, ‘हामी साच्चै दुःखमा छौ । थुप्रै पिडाहरु छ सरकारले २८ हजार पाँच सय मेगावाट उत्पादन गर्ने लक्ष्य लिएको छ, ६२ खरब पैसा खर्च हुन्छ भनेको छ, हामी भनिरहेका छौ जनतामा गई जसरी सेति बन्यो त्यसरी बनाउन सक्छौ । सरकारले हामीलाई ऐन, कानून बनाइदियोस् बाकी कुरा हामी आफै गर्छौ । बास्तवमा नै हामी गर्छौ भनेर हिड्दा पनि प्रत्यक पाइलामा तगारो लगाइदिने काम भईरहेको छ ।
उनले नेपालका राजनीतिक दलहरुलाई विकासका क्षेत्रमा काम गर्न एकैठाउँमा आएर साझा धारणा बनाउन आग्रह समेत गरे।
प्रतिक्रिया