Logo

मुख्य समाचार

सामाजिक सञ्जालको विकाससँगै चुनौतीहरु पनि थपिए : मन्त्री लामिछाने



काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले सामाजिक सञ्जालको प्रयोगबाट अपराधहरु बढेको हुनाले सुरक्षामा चुनौती थपिएको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले एआईको प्रविधि भित्रिएसँगै चुनौतीहरु पनि बढेको भन्दै यस विषयमा अझ बढि काम गर्नुपर्ने बताए ।

उनले भने, ‘एआईको प्रविधि भित्रिएसँगै त्यसका चुनौतीहरुको विषयमा अझ काम गर्नुपर्ने छ । यसबारेमा धेरै चर्चा भएको छ जस्तो लाग्दैँन् । सामाजिक सञ्जालको प्रयोगबाट अपराधहरु बढि रहेको छ । यसले पनि सुरक्षामा चुनौती थपिएको छ । यस बारेमा सरकारले धेरै कामहरु गर्नुपर्ने छ ।’

यस्तै, उनले देश डिजिटल तर्फ बढ्दै गर्दा नागरिकहरु पछाडी छुट्ने हो की भन्ने चिन्ता पनि रहेको भन्दै सबैलाई साथमा लिएर जाने हिसाबले पनि सरकारले काम गर्नुपर्ने बताए ।

आजको समाज कता जादैँछ, प्रदेश सरकारसँगको अपेक्षा के हो भन्ने कुरामा स्पष्ट हुनको लागि आजको कार्यक्रम भएको भन्दै यसबाट निश्चित रुपमा केही निष्कर्ष आउनले पनि उनको भनाई छ ।

यस्तै, बागमती प्रदेशका सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले आवश्यकता अनुसार सूचना प्रविधिको विकास र विस्तार गरि जनताको सरल पहुँच सुनिश्चित गर्दै राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने विषयलाई राज्यका नीतिमा समावेश गरिएको बताए ।

उनले भने, ‘नेपालको संविधानमा राष्ट्रिय आवश्यकता अनुसार सूचना प्रविधिको विकास र विस्तार गरि त्यसलाई सर्व साधारण जनताको सरल र सहज पहुँच सुनिश्चित गर्दै राष्ट्रिय विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने विषयलाई राज्यका नीतिमा समावेश गरिएको छ । विद्युतिय कारोबारलाई सुरक्षित बनाउनका साथै विद्युतिय अभिलेख माथि अनाधिकृत व्यक्तिको पहुँचलाई नियन्त्रण गर्ने उद्देश्यका साथ विद्युतिय कारोबार ऐन २०६३ र विद्युतिय कारोबार नियमावली २०६४ लाई कार्यान्वयनमा ल्याइएको छ ।’

प्रकाशित मिति : २४ बैशाख २०८२, बुधबार  ६ : ०७ बजे