काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईले अख्तियारमा उजुरी पर्दा माथिल्लो तहको मान्छेलाई जोगाउने गरेकोले भष्ट्रचारको जरो उखेल्न नसकेको बताएका छन् ।
बुधवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले अख्तियारमा बलिको बोको कर्मचारी मात्र हुने अवस्था भएको भन्दै कर्मचारीले पनि कोबाट निर्देशित भएको कुरा खुलाउन नचाहेको बताएका हुन् ।
उनले भने, ‘ठुला ठुला पहुँच भएको मान्छे नै लगेका छौ । सुचना प्रविधिको क्षेत्रमा हामीले हाम्रो पहुँच देखाएका छौ । मान्छेलाई परिचालन गर्ने माथिल्लो तहको मान्छे किन परेन भन्ने जनताको प्रश्न छ तर बलिको बोको त कर्मचारी मात्र हुने अवस्था छ तर माथिल्लो तहको मान्छे संग्लन छ कि छैन भनेर बयान दिने मान्छेले प्रमाण सहित भन्नुपर्छ । तर कोहि को बाट परिचालन भएको भनेर नाम लिनै चाहान्न् म आफै सबै व्यहोर्छु भन्ने छन् । त्यसले गर्दा भष्ट्रचारको जरो उखेल्न नसकेको हो ।’
उनले अनुगमन गर्ने निकाय धेरै हुदाँ पनि काममा नकारात्मक प्रभाव परी ढिलासुस्ती भएको बताए । ‘अनुगमन गर्ने निकाय धेरै भएको जस्तो छ । सबैजना अनुगमन गर्ने तर काम चै खासै नभएको देखिन्छ । मेलम्ची अनुगमन गर्न कति जान्छन् ? कस्को अधिकार कति हो ? मेरो अधिकार कति हो भनेर कसैले बुझेन् । त्यसले पनि काममा ढिलासुस्ती भएको छ,’ उनले भने ।
उनले सिङगापुर अमेरिका लगायतको देशबाट भष्ट्रचारको पैसा ल्याउन नसकेको बताए । उनले सरकारले वाइलाइटर एग्रिमेन्ट नगरेकाले भष्ट्रचारको पैसा ल्याउन नसकेको भन्दै सिङगापुरले एग्रिमेन्ट गरी पैसा लैजान भनेको पनि जानकारी दिए ।
आज बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको चौतिसौँ वार्षिक प्रतिवेदन आ.व. २०८०/८१ माथि छलफल गरिएको छ ।



प्रतिक्रिया