काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कुल १२.६३१५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
कम्पनीको हालको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ रहेको छ। सो आधारमा कम्पनीले १२ प्रतिशत बोनस सेयर र ०.६३१५ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने निर्णय गरेको हो। बोनस सेयरको कुल रकम ५० करोड ६८ लाख रुपैयाँ र नगद लाभांशको रकम २ करोड ९३ लाख १ हजार ६ सय रुपैयाँ रहेको छ।
घोषणा गरिएको बोनस सेयर नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ।
प्रतिक्रिया