इलाम । इलाम जिल्लाको माई नगरपालिका–४, सिंजालीटारमा एक महिलाको हत्या भएको छ। घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका ४२ वर्षीय शान्तिराम दुलाललाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार दुलालले ५२ वर्षीया भूमिका चापागाईंमाथि खुकुरी प्रहार गरेका थिए। घाइते अवस्थामै चापागाईंलाई उपचारका लागि झापाको बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएको छ।
प्रतिक्रिया