मुगु । विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकहरु काठमाडौं केन्द्रित भएपछि हिमाली जिल्ला मुगुमा रहेको सामूदायिक विद्यालयहरुको पढाइ एव भर्ना अभियान प्रभावित भएको छ ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० तत्काल पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
०८१ को चैत २० गतेदेखि जारी आन्दोलमा शिक्षकहरु होमिएपछि मुगुमा रहेका १ सय ४५ सामूदायिक विद्यालयका २० हजार भन्दा बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको हो ।
मुगुका स्थानीय देविलाल मल्लले शिक्षकहरुको माग जायज होला नहोला यसबारे सरकारले छिटो भन्दा छिटो किनारा लगाउनुपर्ने बताए । आन्दोलनका कारण मुगुका विद्यालय सुनसान भएको उनले बताए ।
मुगुमा रहेका चार स्थानीय तहमा रहेका १ सय ४५ बिद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरु एक हजार ६४ जनाले बिद्यालय बन्द गर्दा १० हजार ४ सय ७६ छात्रा र १० हजार ३ सय २८ छात्राहरुको नियमित भर्ना, पठनपाठन, परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएको शिक्षा बिकास तथा समन्वय ईकाइ मुगुका निमित्त कार्यालय प्रमुख खड्कराज भियालले बताए ।
एपछि हिमाली जिल्ला मुगुमा रहेको सामूदायिक विद्यालयहरुको पढाइ एव भर्ना अभियान प्रभावित भएको छ ।
विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० तत्काल पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरू काठमाडौंमा आन्दोलन गरिरहेका छन् ।
०८१ को चैत २० गतेदेखि जारी आन्दोलमा शिक्षकहरु होमिएपछि मुगुमा रहेका १ सय ४५ सामूदायिक विद्यालयका २० हजार भन्दा बढी विद्यार्थीहरुको पढाइ प्रभावित भएको हो ।
मुगुका स्थानीय देविलाल मल्लले शिक्षकहरुको माग जायज होला नहोला यसबारे सरकारले छिटो भन्दा छिटो किनारा लगाउनुपर्ने बताए । आन्दोलनका कारण मुगुका विद्यालय सुनसान भएको उनले बताए । मुगुमा रहेका चार स्थानीय तहमा रहेका १ सय ४५ बिद्यालयमा कार्यरत शिक्षक र कर्मचारीहरु एक हजार ६४ जनाले बिद्यालय बन्द गर्दा १० हजार ४ सय ७६ छात्रा र १० हजार ३ सय २८ छात्राहरुको नियमित भर्ना, पठनपाठन, परीक्षालगायतका शैक्षिक गतिविधि प्रभावित भएको शिक्षा बिकास तथा समन्वय ईकाइ मुगुका निमित्त कार्यालय प्रमुख खड्कराज भियालले बताए ।
प्रतिक्रिया