Logo

प्रदेश

जुड़ शितलको अवसरमा मधेश प्रदेशमा सार्वजनिक विदा



जनकपुर । मधेस प्रदेश सरकारले जुड़ शितलको अवसरमा सार्वजनिक विदा दिने भएको छ ।

मधेश प्रदेश सरकार अन्तर्गतको गृह संचार तथा कानून मन्त्रालयले आज एक सूचना जारी गर्दै मधेस प्रदेशमा मनाइने जुड़ शितल (सिरुवा) पर्वलाई लिएर वैशाख २ गते सार्वजनिक विदा दिएको जानकारी गराएको छ ।

२०८१ चैत २२ गते २०८२ सालमा दिइने थप विदा सम्बन्धि प्रकाशित राजपत्र बमोजिम प्रदेश सरकारले वैशाख २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मधेश प्रदेशमा प्रत्येक वर्ष बैशाख २ गत्ते धुमधामका साथ जुड शितल मनाइन्छ । यस क्षेत्रमा ठूलाबडासँग जुडाएर आर्शिवाद लिनुका साथै, हिलो खेल्ने परम्परा रहिआएको छ ।

प्रकाशित मिति : ३१ चैत्र २०८१, आइतबार  ७ : ५१ बजे